देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी सरकारले चैते दशैंमा सार्वजनिक बिदा दिने

देशान्तर

काठमाडौं । गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वमा सार्वजनिक बिदा दिने भएको छ ।

सरकारले चैते दशैं पर्वको अवसरमा यहि चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को २०७८ साल चैत १८ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

सोही बिदा प्रदेश राजपत्रमा पनि उल्लेख गरिएको छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयले जनाएको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजा आराधना गरी चैते दशैं मनाउने गरिन्छ ।