देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज सकिँदै राष्ट्रपति भण्डारीको कार्यकाल

देशान्तर

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गर्नु भएको छ। भण्डारी २०७२ कात्तिक ११ गते पहिलो पटक देशको दोस्रो राष्ट्रपति बन्नु भएको थियो । त्यस्तै २०७४ साल फागुन २९ गते तेस्रो कार्यकालका लागि पुन राष्ट्रपतिमा निर्वाचित हुनु भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिने भएको हो । भण्डारिले भोलि शीतलनिवास छोडेर निजी निवास बूढानीलकण्ठ सर्ने तयारी गर्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले भोलि शपथ लिँदै हुनुहुन्छ । शपथ लिएसँगै उहाँ निजी निवास बोहराटारबाट शिलत निवास सर्ने तयारि छ ।