देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपराष्ट्रपति निर्वाचनसँगै मन्त्रिपरिषद् विस्तार

देशान्तर

काठमाडाैं । चैत ३ गते उपराष्ट्रपतिका लागि निर्वाचन भएसँगै फागुन १२ गते निर्माण भएको नयाँ गठबन्धनले प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुको साथै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीबाट प्रमिला यादव र रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले संवैधानिक व्यवस्था र सीमाभन्दा बाहिर गएर निर्णय लिएपछि जसपाले दुई जनालाई उम्मेदवारका रूपमा अघि सारेको हो ।

आयोगले दुवै नेताको उम्मेदवारी कायम गरेको अवस्थामा प्रमिलाको उम्मेदवारी फिर्ता लिने उनीहरूको तयारी छ । यदि आयोगले संविधानको व्यवस्थालाई चुनौती दिएको अवस्थामा भने रामसहायप्रसादको उम्मेदवारी कायम हुने छैन । 
गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार जसपा उम्मेदवारलाई नै सहयोग गर्ने गठबन्धनको तयारी छ ।

तर, शनिबार बिहान बसेको गठबन्धनको बैठकमा जनमत पार्टीले पनि उपराष्ट्रपतिको दाबी गर्दै ममता झालाई अघि बढाएको छ । मतदानका दिनसम्म दलीय छलफल गरेर सहमतिमा पुग्ने गठबन्धनका नेताहरूको दाबी छ । चैत ३ गते हुने निर्वाचनमा गठबन्धनको तर्फबाट एउटा मात्र उम्मेदवार बन्ने दाबी गर्दै एक नेताले भने अहिले उम्मेदवार बने पनि फिर्ता लिने पनि समय छ भएन भने पनि हामी चुनावको दिनसम्म एउटै उम्मेदवार बनाउँछौं केही समस्या हुँदैन । 

उपराष्ट्रपति निर्वाचनलगत्तै चैत ५ गते बस्ने प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितका दलहरू सत्ता पक्ष बेन्चमा बस्ने जनाउँदै प्रधानमन्त्रीले पनि तत्काल विश्वासको मत लिने तयारी रहेको ती नेताको दाबी छ । प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तार हुने जनाउँदै कांग्रेस अर्थसहितका मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछ । कांग्रेसले गृह, अर्थसहितको मन्त्रालय दाबी गर्दै आएको छ ।

तर, सरकारको नेतृत्व कसले गर्ने भन्ने कांग्रेसमा टुंगो लागेको छैन । महामन्त्री गगन थापा अर्थमन्त्रालयसहित सरकारको नेतृत्व गर्ने पक्षमा छन् तर पार्टी उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंहका साथै पूर्वमहामन्त्री शशांक कोइराला पनि पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी हुन चाहेका छन् । सभापति शेरबहादुर देउवा भने नेता शेखर कोइरालाको चाहनाअनुसार सरकारमा पठाउने पक्षमा रहेको निकटहरूको दाबी छ ।