देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपराष्ट्रपति निर्वाचनमा गठबन्धनले जालझेल गर्न खाेज्याे: अध्यक्ष ओली

देशान्तर


काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा १० दलिय गठबन्धनले जालझेल गर्न खोजेको आराेप लगाएका छन् ।
शनिवार ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा दश दलिय गठबन्धनले जालझेल गर्न खोजेको आराेप लगाएका हुन् । राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भएपनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको उनले बताए । संविधानको मर्म राष्ट्रपति र उपराष्ट्रपति फरक फरक समुदायको हुनुपर्ने नभएको उनको भनाइ छ ।
अध्यक्ष ओलीले एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर दश दलिय गठबन्धन बनाएका टिप्पणी गरे। यद्यपी गठबन्धनभित्र अनेक प्रकारका जालझेल र प्रपञ्च भएको उनको भनाई छ ।
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दक्षिणपन्थको नांगो दलाली गरेको बताए। दाहाल र नेपालले कम्युनिष्ट पार्टीका उम्मेदवारलाई राष्ट्रपति बन्न नदिएको उनले बताए ।
उनले देशमा जातिय आधारमा नभई वर्गिय आधारमा आरक्षण दिइनुपर्ने बताए । जातिय रुपमा आरक्षण दिदाँ त्यसको दुरुपयोग भएको भन्दै उनले व्यक्तिको आर्थिक अवस्था हेरेर आरक्षण दिइनुपर्ने बताए।