देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति पौडेलले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नुहुन्नः नेता रिजाल

देशान्तर


काठमाडौं- नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नु नहुने बताएका छन्।
नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षिको रुपमा काम नगर्ने स्पष्ट पारेका हुन् । उनले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम नगर्ने पनि स्पष्ट पारे ।
उनले गठबन्धनमा भएका शर्तहरुको जिम्मा राष्ट्रपतिले लिएर सोही अनुसार भुमिका गर्नुपर्छ भन्ने नसोच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए । गठबन्धनका बीचमा भएको शर्तहरु कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उनको भनाई छ । नेता रिजालले गठबन्धनका बिचमा भएका सहमति कार्यान्वयन पार्टीले गर्ने र त्यसका लागि नेपाली काँग्रेस इमान्दार हुने बताए ।
उनले राष्ट्रपति पौडेल गठबन्धनको परिधि भित्र नबस्ने बताए। पौडेल आफ्नो पूर्व पार्टी नेपाली काँग्रेसको परिधिभित्र पनि नबस्ने स्पष्ट पारे । संविधानको परिधिभित्र बस्ने र संविधानको भावनाभन्दा बाहिर गएर कुनै भुमिका नखेल्ने उनले विश्वास व्यक्त गरे।
नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभुमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा काँग्रेसले साथ दिन नसक्ने चेतावनी दिए। उनले माओवादी केन्द्रका नेताहरुलाई जोखिम पार्नु नहुनेमा विगतका सात राजनीतिक दल र तत्कालिन माओवादी पार्टीको प्रतिवद्धता रहेको बताए । माओवादी केन्द्र वैचारिक रुपमा अन्य माओवादी घटकहरुसँग एक भएको खण्डमा नेपाली काँग्रेसपनि संसदीय फाँटका राजनीतिक दलहरुसँग एकै ठाउँमा उभिने उनले बताए । उहाँले प्रधानमन्त्री दाहाल काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोईरालासँग गरेको हस्ताक्षर र वर्तमान सभापति शेरबहादुर देउवासँग गरेको सहमति अनुरुप हिँडेमा काँग्रेसबाट धोका नहुने स्पष्ट पारे ।
नेता रिजालले प्रधानमन्त्री दाहालले ०५२ सालमा शुरु भएको सशस्त्र बिद्रोहलाई जनयुद्ध दिवसको रुपमा बिदा दिएर विस्तृत शान्ति सम्झौता, १२ बुँदे समझदारी र संविधानको भावनाभन्दा बाहिर गएको बताए। दाहाल यसप्रकारको बाटोमा जान थाले उनलाई नेपाली काँग्रेसले बोक्न नसक्ने चेतावनी दिए ।