देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपराष्ट्रपतिमा जसपा,नाउपा र जनमत पार्टीकाे दाबी

मनाेनयन दर्ता भाेलि

देशान्तर

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गङ्गाराम चौधरीले जानकारी दिए ।

उनका अनुसार उपराष्ट्रपतिको उम्मेदवारका रुपमा अध्यक्ष श्रेष्ठको नाम आठ दलको बैठकमा प्रस्ताव गरिनेछ । श्रेष्ठ कैलाली–१ बाट निर्वाचित सांसद हुन् ।

यस्तै, जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उठाउने भएको छ ।जनमत पार्टीले उपराष्ट्रपति आफूले पाउनु पर्ने दावी गर्दै झाको नाम अघि सारेको नेता विपी साहले जानकारी दिए ।सदभावना पार्टीबाट राजनीति सुरु गरेकी ५३ वर्षीय झा जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज छिन् ।

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी जसपा नेपालले पनि दाबी गर्दै आएको छ । उसले बारा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपराष्ट्रपतिका लागि भाेलि उम्मेदवारो मनोनयन दर्ता हुनेछ भने आगामी चैत ३ मा निर्वाचन हुनेछ ।