देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जिता श्रेष्ठ अयोग्य

'उम्मेदवार बन्न रञ्जिताको उमेर नै पुग्दैन'

देशान्तर

काठमाडौं– उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि रञ्जित श्रेष्ठ अयोग्य भएकी छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको उमेर नपुगेका कारण उपराष्ट्रपतिको उम्मेदवार बन्न अयोग्य भएकी हुन् ।

संविधान अनुसार उपराष्ट्रपति बन्न कम्तिमा ४५ वर्ष उमेर चाहिन्छ । तर रञ्जिताको नागरिकता अनुसार उनी भर्खर ४० वर्ष पुग्दैछिन् ।

नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिएका थिए ।