देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नागरिक उन्मुक्तिले रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

देशान्तर

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले अध्यक्षसमेत रहेकी प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मदेवार बनाउने निर्णय गरेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए ।

बैठकको निर्णयबारे जानकारी दिँदै उनले भने, ‘आज बिहान बसेको संसदीय दलको बैठकले अध्यक्षज्यूलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । हामीले अहिले पार्टीले निर्णय गरेका हौँ । अब गठबन्धनमा छलफल गर्छौं ।’

सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले बाराका सांसद रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ । तर उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवार उठाउने भएपछि भने यो उम्मेदवार छनोट पेचिलो बनेको छ ।