देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी घटकहरूको बैठक बस्दै

देशान्तर

माओवादी घटकको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री तथा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएपछि माओवादी घटकहरुले लगातार सम्वाद गरिरहेका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । गएको मंगलबार पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएपछि यसको पूर्वमाओवादी घटकहरुले एक भएर प्रतिवाद गरिरहेका छन् । उनीहरुले सर्वोच्च अदालतको आदेश शान्ति प्रक्रिया विपरीत रहेको भन्दै विरोध जनाउँदै आएका छन् । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई यहि घटनाका कारण पनि एकताबद्ध हुन आग्रह गर्नु भएको छ ।