देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवनिर्वाचित राष्ट्रपति पौडेल आज पशुपति र बिपी संग्रहालय जाने

देशान्तर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्नु हुने भएको छ । आज बिहान ९ बजे पछि पशुपति जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले पशुपतिमा पूजापाठ गरेर प्रसाद ग्रहण गर्ने तयारि गर्नु भएको हो ।
राष्ट्रपति पौडेल पशुपति मन्दिर जाने भएपछि बिहानैदेखि मन्दिरक्षेत्रमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गौशाला प्रहरीले जनाएको छ । पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल पनि जाने कार्यक्रम तय भएको छ ।

त्यहाँ पुगेर बिपी संग्रहालय अवलोकन गर्ने कार्यक्रम छ। बिपी, गणेशमान र कृष्णप्रसादले जेल जीवन बिताएको सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरलाई अहिले बिपी संग्रहालयमा परिणत गरिएको छ। कांग्रेसका नेताहरु कुनै कामको सुरुवात गर्दा सुन्दरीजल पुग्ने गरेका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित पौडेल पनि त्यहाँ पुग्न लागेको पौडेलको सचियालयले जनाएको छ ।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गर्नुहुने छ । पौडेलको सचिवालयका अनुसार आज बिहान सभामुख घिमिरेसँग राष्ट्रपति पौडेलको भेटवार्ता हुँदैछ । सभामुख घिमिरे आजनै आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन बहराइन जान लाग्नु भएको छ ।