देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाईंदै

देशान्तर

काठमाडौं । निर्वाचन आयोगले बिहीवार भएको राष्ट्रपति पदको निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज शुक्रबार राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष  बुझाउँदैछ ।

राष्ट्रपति निर्वाचनवाट नेपाली कांग्रेसका सांसद रामचन्द्र पौडेले निर्वाचत भएका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणाम सहितको प्रतिवेदन शुक्रवार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । राष्ट्रपतिको निर्वाचित भएको प्रतिवेदन निर्वाचन आयोगले बुझाएपछि वर्तमान राष्ट्रपतिले सपथ ग्रहण र शीतल निवास छाड्ने तालिका बन्ने छ ।

२८ गतेसम्म भण्डारीकाे कार्यकाल रहेको र साेमबार नयाँ राष्ट्रपति रामचन्द्र पाैडेलले सपथ लिने छन् ।