देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुन्छः प्रधानमन्त्री दाहाल

देशान्तर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुने बताएका छन् ।

बिहीवार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको बताए । उनले अबको ध्यान सरकारलाई पूर्र्णता दिने हुने बताए।

राष्ट्रपति निर्वाचनबाट आज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारी मतका साथ  राष्ट्रपतिमा निर्वाचित भएका छन् ।