देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ राष्ट्रपति रामचन्द्र पौडेललाई दिए गठबन्धन दलका नेताले बधाई

देशान्तर

काठमाडौं- गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेललाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले बधाई दिएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतले अ‌ंकमाल गर्दै बधाई दिएका हुन् ।

राष्ट्रपतिमा पौडेलले ३३८०२ मतभार प्राप्त गरेर विजयी भएका थिए ।उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले एमालेकाे मात्र गरी १५५१८ मतभार प्राप्त गरे ।

पौडेललाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी गरी १० राजनीतिक दलको समर्थन थियो ।