देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन क्षेत्र समिति गठन गर्दै

देशान्तर


राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति पनि गठन गर्ने भएको छ । संगठन विस्तारका क्रममा रहेको रास्वपाले निर्वाचन क्षेत्र भित्रका पार्टीका सदस्यहरूबाट खुला आवेदनमार्फत् निर्वाचन क्षेत्र समिति गठन गर्ने तयारी गरेको हो ।

समितिमा रहनका लागि इच्छुकले चैत १५ गतेसम्म आवेदन दिनुपर्ने महामन्त्री डा.मुलुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पार्टीको एपमार्फत आवेदन दिन सकिने पनि उल्लेख गरिएको छ । अनलाइन मतमार्फत् निर्वाचन क्षेत्र समिति गठन गरिने पनि उक्त पार्टीले जनाएको छ। रास्वपाले हालै सातै प्रदेश समिति पनि गठन गरेको थियो।