देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेश नामकरणप्रति जसपाको विरोध, सङ्घर्षमा होमिने चेतावनी

देशान्तर

जनता समाजवादी पार्टी, नेपालको प्रदेश १ समिति र पहिचानमा आधारित राष्ट्रिय समितिले प्रदेश १ को नाम कोशी प्रदेश राखेकोप्रति आपत्ति जनाएका छन् । प्रदेश अध्यक्ष दीपक याक्खा र पहिचानमा आधारित राष्ट्रिय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी कोसी प्रदेश नामकरणको विरोध गरेका हुन् ।

प्रदेशको नाम ऐतिहासिक थाकथलो, भाषा, संस्कार संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी लिम्बुवान किरात शेर्पालुङ प्रदेश हुनुपर्नेे जसपाले माग गरेको छ । ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामकरण नभएसम्म सङ्घर्षमा जाने समेत अध्यक्ष याक्खाले वताउनु भयो ।