देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोखरामा ‘टुर गाइड’को विकल्पमा ‘क्युआर कोड’

देशान्तर

पोखरा घुम्न जाने पर्यटकका लागि पर्यटकिय क्षेत्रको जानकारि दिन क्युआर कोड स्क्यान गरे पुग्ने भएको छ । आफू जान चाहेको गन्तव्यको पुरै विवरण पढ्न र सुन्न मिल्ने सामग्री मोबाइल फोनमै उपलब्ध हुने गरि पोखराका पर्यटन ब्यासायिहरुले क्युआर कोड स्क्यान गरे पर्यटकिय क्षेत्रको बारेमा जानकारि लिन सकिने नयाँ सिस्टम सुरु गराएका हुन ।

यो संगै पाहुनालाई पोखराको धार्मिक, ऐतिहासिक, पर्यटकीय वा पुरातात्विक गन्तव्यबारे बुझ्न गाइडको र प्रकाशित दस्तावेज तथा स्थानीय अगुवासँग भेट्नुपर्ने बाध्यता हटेको छ ।
यसका लागि पोखराका विभिन्न १६ वटा गन्तव्यमा क्युआर कोड राखिएको छ, जुन धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण रहेका छन् । पर्यटकले पर्यटकीय गन्तव्यमा राखिएका क्युआर कोड स्क्यान गरेपछि त्यसबारे सुन्न र पढ्न मिल्ने सामग्री विभिन्न भाषामा पाउनेछन् । हालका लागि पाँचवटा भाषामा १६ वटा गन्तव्यको चिनारी क्युआर कोडमार्फत पाउने व्यवस्था मिलाइएको छ ।

पोखरा पर्यटन परिषद् (पिटिसी) र पर्यटन बोर्डमार्फत विभिन्न १६ पर्यटकीय गन्तव्यमा क्युआर कोड राखिएको पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले वताउनु भयो । अध्यक्ष श्रेष्ठका अनुसार नेपाली, अंग्रेजी, हिन्दी, स्पेनिस र फ्रेन्च गरी पाँचवटा भाषामा पोखराका १६ वटा गन्तव्यको जानकारी दिनेगरी क्युआर कोड तयार पारिएको छ ।