देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा मन्त्री बन्न खोज्ने सांसदहरुको भिड

देशान्तर

सत्तामा भएको परिवर्तन संगै नेपाली कांग्रेसभित्र मन्त्री बन्न सांसदले लबिङ तिव्र पारेका छन् । राष्ट्रपति निर्वाचनले सत्ता समीकरण फेरियपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने कांग्रेसको तयारी छ ।

२५ सदस्यीय मन्त्रीमण्डलमा अहिले प्रधानमन्त्री, ५ मन्त्री र एक राज्यमन्त्रीको मात्र सहभागिता छ । प्रधानमन्त्री, ४ मन्त्री र एक राज्यमन्त्री माओवादीबाट छन् भने जनमत पार्टीबाट एक मन्त्री सरकारमा सहभागी रहेको अवस्था छ । बाँकी १६ मन्त्री र ३ राज्यमन्त्री आठ दलीय गठबन्धनमा सम्बद्ध ६ दलका लागि भागबण्डा हुनेछ ।

कांग्रेस, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपा र जनमोर्चा सरकार बाहिर रहेका छन् । सांसदको सङ्ख्याको अनुपातमा मन्त्रालय भागबण्डाको मापदण्ड बनाउनु पर्ने पक्षमा कांग्रेस छ । गृह वा अर्थ, परराष्ट्र र स्वास्थ्यसहित १० मन्त्रालयमा कांग्रेसले दाबी गरेको छ ।

कांग्रेसले १६ मन्त्रालयमा १० मन्त्रालयको दाबी गरेको छ । तर कांग्रेसभित्र मन्त्री बन्न भने दुई दर्जन भन्दा बढी सांसदले लबिङ थालेका छन् । कांग्रेसमा उपसभापति धनराज गुरुङ, नेता प्रकाशमान सिंह, शशांक कोइराला, सहमहामन्त्री किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार, प्रवक्ता प्रकाशशरण महत, एनपी साउद, रमेश रिजाल, प्रदीप पौडेल लगायतका शीर्ष नेता मन्त्री बन्ने दौडमा देखिन्छन् ।

यस्तै उदयशम्शेर राणा, शंकर भण्डारी, सञ्जय गौतम, रामहरि खतिवडा, वीरबहादुर बालयर, सीता गुरुङ, श्याम घिमिरे, अजय चौरसिया, सरिता प्रसाईँ, आरजु राणा, दुर्लभ थापा, ऐनबहादुर शाही, कान्ति सिजवाल लगायका सांसदले पनि मन्त्रीका लागि लबिङ थालेका छन् ।

त्यस्तै कांग्रेस नेता शेखर कोईराला एक पटक पनि मन्त्री नभएको भन्दै केहिले शेखरलाई समेत उपप्रधान मन्त्रि सहित सरकारमा सहभागिहुन आग्रह गरेका छन् । कांग्रेस भित्र उपसभापति पुर्णवहादुर खड्का, महामन्त्री गगन थापा सहित शेखर कोईराला सम्मले पार्टिका तर्फवाट सरकारको नेतृत्व गर्न खोजेका छन् । कांग्रेसमा नयाँलाई प्राथमिकता दिनुपर्ने आवाज उठेको छ ।मन्त्रीका लागि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सांसदको ओहोर–दोहोर चलिरहेको छ ।