देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिम प्रदेशसभाको वेभसाइट ह्याक

देशान्तर

काठमाडौं- सुदूरपश्चिम प्रदेशसभाको आधिकारिक वेभसाइट ह्याक भएको छ । शुक्रबार वेबसाइट ह्याक भएको प्रदेशसभा सचिवालयका सचिव देबबहादुर बोगटीले जानकारी दिए ।

वेबसाइट ह्याक भएपछि अनलाइन प्रणालीका सूचनामा पहुँच अवरुद्ध भएको छ ।

उनका अनुसार वेभसाइटमा अंग्रेजी अक्षरहरु देखिएका छन् । त्यसकारण अमेरीकन ह्याकरहरुले ह्याक गरेको हुनसक्ने अनुमान गरिएको छ ।

वेभसाइट कसरी ह्याक भयो भन्ने विषयमा कुनै जानकारी नभएको सचिवालयले जनाएको छ । यसबारे अनुसन्धान भइरहेको जनाइएको छ ।