देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

देशान्तर

काठमाडौँ  – भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूची पठाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आईओसीले निगमलाई इन्धनको भाउ बढाएर पठाएको छ ।

जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले जनाएको छ ।

१५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो ।