देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मनकामना स्मार्ट लघुवित्तले लाभांश दिने

देशान्तर

काठमाडौँ – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश दिने भएको छ ।

लघुवित्तको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले सोमध्ये ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।