देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छः महर

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पदाधिकारीविनाको समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा नेवि संघका पूर्वअध्यक्षसमेत रहेका महरले पदाधिकारी विनाको समिति निर्माण गर्नु विधान विपरित हुने बताए ।

‘पार्टीमा नेताहरूलाई सबै पद चाहिने तर नेवि संघ, तरुण दल र महिला संघ जस्ता भ्रातृ संस्थामा अरुका लागि पद चाहिन्न भन्ने कुरा हुँदैन । यसले पार्टीलाई राम्रो गर्दैन । शुक्रबार भ्रातृ र शुभेच्छुक संस्था अपडेट नभएकै कारण चुनावमा हामीले करिव सात लाख मत कम पाएका छौं,’ उनले भने । जनता र पार्टीका बीचमा सम्बन्ध स्थापित गर्न भ्रातृ संस्थाहरूको भूमिका ठूलो हुने उनको भनाई छ ।

‘सबै समिति अपडेट भएका भए पार्टीका मुद्दा जनतामाझ वकालत गर्थ्यो। जनताका कुरा पार्टीलाई भन्थ्यो । यसले जनता र पार्टीबीचको दूरी घट्न ठूलो मद्दत पुग्थ्यो । हामी त्यही अनुसारको नीति बनाएर अघि बढ्थ्यौं। यस पटक भ्रातृ संस्था अपडेट नभएकै कारण पनि हामीले ठूलो क्षति व्यहोरेका छौं,’ उनले भने । ‘१० वर्षसम्म पनि पार्टीका भ्रातृ संस्थाको महाधिवेशन हुन नसक्नु दुखद् भएको उनको तर्क छ ।

पदाधिकारीसमेत नबनाएर पार्टीको ठूलो शक्तिलाई बहिर्गमन गर्ने कुरा जीवन्त पार्टीका लागि राम्रो नहुने उनको प्रस्टोक्ति छ। ‘पार्टीका पदाधिकारीहरूले प्लेन कमिटी ल्याउने विषयमा सहमति गरेको भन्ने सुनिएको छ। यसको खिलापमा दसौं हजार जिम्मेवारी नपाएका साथीहरू छन् । यो १० वर्षमा दुई वर्षमै डेड दुई सयको समिति बनेको भए प्रत्येक वर्ष हजारभन्दा बढी साथीहरूले जिम्मेवारी पाएर प्रशिक्षित भई नेतृत्व तहमा पुगिसक्थे,’ नेता महर भन्छन् ।

पदाधिकारीसमेत नबनाएर पार्टीको ठूलो शक्तिलाई बहिर्गमन गर्ने कुरा जीवन्त पार्टीका लागि राम्रो नहुने उनको प्रस्टोक्ति छ। ‘पार्टीका पदाधिकारीहरूले प्लेन कमिटी ल्याउने विषयमा सहमति गरेको भन्ने सुनिएको छ। यसको खिलापमा दसौं हजार जिम्मेवारी नपाएका साथीहरू छन्। यो दश वर्षमा दुई वर्षमै डेड दुई सयको समिति बनेको भए प्रत्येक वर्ष हजारभन्दा बढी साथीहरूले जिम्मेवारी पाएर प्रशिक्षित भई नेतृत्व तहमा पुगिसक्थे,’ नेता महर भन्छन्।

पार्टी नेताहरूलाई सबै जिम्मेवारी चाहिने तर भ्रातृ संस्थामा अरुलाई पद नचाहिने भन्ने नहुने महर बताउँछन् । उनले आफू पदाधिकारीसहितको समिति निर्माण हुनुपर्ने पक्षमा रहेको बताए । केन्द्रीय नेतृत्वले भागवन्डा मिल्दैन कि भनेर आफ्ना भ्रातृ संगठनलाई अनिर्णयको बन्दी बनाउनु शोभनीय नभएको उनको तर्क छ। विधान अनुसार महाधिवेशन नगर्ने कुरा भनेको स‌ंगठनको निर्माण रोक्ने कार्य भएको उनको ठम्याइ छ ।

‘६ हजार ७ सय ४३ वटै वडामा नेपाली कांग्रेसको समिति छ । त्यसलाई नै त्यहाँको स्थानीयमा भ्रातृ संस्था निर्माणको जिम्मेवारी दिनुपर्छ । जिल्ला समितिको जिम्मा पार्टी जिल्ला समितिलाई दिने । सामुदायिक क्याम्पस भए पालिका तहलाई जिम्मा दिने। सबै भ्रातृ संस्थाको प्रदेश समिति निर्माणको जिम्मा पार्टी प्रदेश समितिलाई दिनुपर्छ। केन्द्रको समिति केन्द्रले बनाउनुपर्छ। युनिभर्सिटी र सातै प्रदेशका सेन्ट्रल क्याम्पसमा केन्द्रले हेरे पनि सबै ठाउँमा केन्द्रले हेरेर पुग्दैन। यो तदर्थ समिति बनाउँदा भयो। त्यसपछि विधान अनुसार अधिवेशन गर्नुपर्छ । मैले पार्टीमा यही आवाज उठाइरहेको छु,’ उनले भने । विधान अनुसार पदाधिकारीसहितको भ्रातृ संस्थाहरूको समिति निर्माणमा पार्टीभित्र सबै एकमत हुन आवश्यक रहेको उनले बताए ।