देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भुसाल एसको केन्द्रीय सचिवालय सदस्यमा मनोनीत

देशान्तर

काठमाडौं – नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको छ । पार्टी कार्यालय तीनकुनेमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भुसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

बैठकमा भुसाललाई जिम्मेवारी दिने एक मात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उनले बताए ।

कम्युनिष्ट नेता भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।