देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामचन्द्र पौडेल र माधव नेपालबीच भेटवार्ता

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार नेता नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका हुन् ।

दुई नेताबीच करिब आघा घण्टा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

कांग्रेस नेताहरुले राष्ट्रपति चुनावलाई लक्षित गर्दै राजनीतिक भेटघाट बढाएका छन् । राष्ट्रपति चुनावलाई लक्षित गरेर प्रधामन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको पनि नेताहरुले खुलाएका छन् ।

एकीकृत समाजवादीसँग पनि प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा नेता पौडेलले छलफल गरेको हुन सक्ने नेताहरुले बताएका छन् ।