देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमतीको सभामुखमा भुवन पाठक निर्वाचित

देशान्तर

काठमाडौं – बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका महामन्त्री भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार प्रदेश सभामा भएको चुनावमा राप्रपाका महामन्त्रीसमेत रहनुभएका पाठक ६२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनको विपक्षमा ३९ सांसदले मतदान गरे भने तटस्थमा ७ सांसद रहेका छन् । १ जना सांसद भने अनुपस्थित भएका थिए ।

सभामुखमा तीन जनाको प्रतिस्पर्धा भएकोमा उहाँ सत्तारूढ दलहरूका तर्फबाट उम्मेदवार बनेका थिए । पाठकलाई राप्रपासहित नेकपा एमाले, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीका सांसदले मतदान गरेका थिए ।

सभामुख पदका कांग्रेसका उम्मेद्वार शिवराज अधिकारीले जम्मा ३६ मत पाए । उनको विपक्षमा ६५ सांसदले मतदान गरे भने  तटस्थमा ७ सांसद रहेका छन् । १ जना सांसद भने अनुपस्थित थिए ।

त्यस्तै, सभामुख पदकी उम्मेद्वार सृजना सायजुले जम्मा ३ मत पाइन् । उनको विपक्षमा ९८ सांसदले मतदान गरे भने तटस्थमा ७ सांसद रहेका थिए ।  १ जना सांसद भने अनुपस्थित रहे ।