देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिममा सभामुखको निर्वाचन अनिश्चित

देशान्तर

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन अनिश्चित बनेको छ ।

बिहीबार भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि शुक्रबार बिहान ११ बजे पुन: मतदान गर्ने समय तोकिएको थियो । तर बिहान बसेको सर्वदलीय बैठकमा पुन: मतदानको विषयमा सहमति हुन नसकेपछि प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि बैठक स्थगित गरिएको जनाएको छ । प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरिएको जानकारी गराएको हो ।

बिहिबार भएको निर्वाचनमा ५३ सदस्यीय प्रदेश सभाको मतदानमा ५० जनाले भाग लिएका थिए । यसरी सभामुखमा निर्वाचित हुन २७ मत ल्याउनुपर्छ । सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारीले २६ मत र कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए ।

भण्डारीले माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीको कुल २९ मत पाउनुपर्नेमा दुई सांसद अनुपस्थित रहे भने एक मत बदर भएको थियो ।

रावललाई कांग्रेस, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।