देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ठूलो अग्निपरीक्षामा छु, नराम्रो काम गर्दिनँ, गर्न पनि दिन्नँ: प्रधानमन्त्री

देशान्तर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकाललाई आफैंले अग्निपरीक्षाको रूपमा लिएको बताएका छन् । शुक्रवार काठमाडौंमा हस्तकला महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनताले महसूस गर्नेगरी काम गर्न चाहेको बताएका हुन् ।

आफ्नो यो कार्यांकालमा भाषण कम र काम धेरै गर्ने भन्दै उनले नराम्रो काम नगर्ने र गर्न पनि नदिने प्रण गरेको बताए । ‘नेपालमा गणतन्त्र स्थापना भएपछि पनि जनताले परिवर्तनको महसूस गर्न पाएनन् । यो राजनीतिक परिवर्तनलाई आर्थिक समृद्धिमा जोड्नुपर्छ,’ प्रचण्डले भने, ‘यसपटक भाषण कम, कम बढी गरेर देखाउने मेरो सोच छ । राम्रा काम मात्र गर्ने, नराम्रो काम नगर्ने र गर्न पनि नदिने गरी सोचेको छु ।’

सरकारको कामहरु सुशासन र देशको हितका लागि केन्द्रित हुने भन्दै उनले यही कार्याकालमा नेपालको आर्थिक विकासको गति लिने, शुसानको जग बस्ने र राजनीतिक परिर्वतन अब आर्थिक विकासका परिणत हुने दाबी पनि प्रधानमन्त्री दाहालले गरे ।

यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको तर पार्टीहरुको सम्भावना अझै बाँकी छहै भनेर केही खबरदारी गरेको जस्तो देखिएको पनि प्रधनमन्त्री दाहालले बताए । ‘यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको छ’ उनले भने ‘तर अझै आशा बाँकी छन जस्तो गरी मत पनि दिएका छन् । जनताले पार्टीहरुलाई अग्नि परिक्षामा राखेका छन् ।’

प्रधानमन्त्री दाहालले हस्तकला निर्यात बढाउन सके विदेशी मुद्रा आर्जन गर्न सकिने पनि बताए । वाणिज्य मन्त्रालय र हस्तकला महासंघ बीचमा सहकार्य गरेर देशले राम्रो फाइदा लिन सिक्ने पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।

अर्थतन्त्रको संकट समाधान गर्न सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै केही निर्णय गरेको भन्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकले आर्थिक विकास गर्न सकिने पनि बताए ।