देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वरोजगार लघुवित्तले गर्‍यो लाभांश प्रस्ताव

देशान्तर

काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २३.१५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको हिजो सम्पन्न सञ्चालक समितिको बैठकबाट हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आउँदो वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

हाल यो कम्पनीको चुक्ता पुँजी ५१ करोड ४० लाख ९९ हजार रुपैयाँ छ ।