देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

देशान्तर

काठमाडौं – नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई निर्देशन दिएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आयोजना गरेको चियापान कार्यक्रममा पुगेका गृहमन्त्री लामिछानेले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको संचारकर्मीलाई बताए ।

पत्रकारहरुले गृहमन्त्री लामिछानेलाई फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन? भनी प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री लामिछानेले आफूले नदेखेको र पछि सञ्चारमाध्यमबाट थाहा पाएपछि आईजीपीलाई फोन गरेर पक्राउ गर्न निर्देशन दिएको बताएका हुन्।

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदा सांसद महतो प्रतिनिधिसभा बैठकमा सहभागी भई प्रधानमन्त्रीको पक्षमा मत दिएका थिए ।

मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो पनि आरोपित छन् ।