देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ मा विश्वासको मत लिने

देशान्तर

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन् ।

सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले माघ ३ गते मंगलबार विश्वासको मत लिने भएका हो ।

विश्वासको मत लिनेबारे प्रदेश सभामा मुख्यमन्त्री कार्यालयबाट जानकारी आएको र त्यही अनुसारको तयारी गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

जम्मकट्टेललाई नेकपा (एमाले)  को २७, नेकपा (माओवादी केन्द्र) को २१, राप्रपाको १३, नेकपा (एकीकृत समाजवादी) को ७ र हाम्रो नेपाली पार्टीको २ गरी जम्मा ७० सांसदले समर्थन गरेका थिए ।

११० सदस्यीय बागमती प्रदेश सभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र ३ सिट रहेको नपाल मजदुर किसान पार्टी मात्रै प्रतिपक्षमा छ ।