देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु

देशान्तर

काठमाडौं  – नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय लिन पार्टी संसदीय दलको बैठक बस्नुअघि उपलब्ध कार्यसम्पादन समिति सदस्यहरूको बैठक संसद् भवन बानेश्वरमै शुरू भएको हो ।

सभापति शेरबहादुर देउवा प्रचण्डलाई विश्वासको मत दिनुपर्ने पक्षमा छन् । महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा लगायतले विश्वासको मत नदिई प्रतिपक्षमा बस्नुपर्ने धारण राखेका थिए ।

पदाधिकारी बैठकबाट सर्वसम्मत निर्णय लिन नसकेपछि देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँग सोमवार साँझ भएको भेटमा देउवाले विश्वासको मत दिने आश्वासन दिएका थिए ।

१६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई त्यतिबेला समर्थन नगरेका नेकपा एस र लोसपाले पनि समर्थन दिने भएका छन् ।

संसदमा एसका १० र लोसपाका ४ सांसद छन् ।