देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री दाहालले विश्वासको मत लिंदै, काग्रेंस संसदीय दलको बैठक बस्दै

देशान्तर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिनुहुने भएको छ । पुस १० गते प्रधानमन्त्री नियुक्त हुुनु भएका प्रचण्डले एक महिना अगावै विश्वासको मत लिन कार्यतालिका तय भएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त हुनु भएको थियो ।

मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले विश्वासको मत लिन लाग्नु भएको हो । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।

प्रधानमन्त्री बन्न समर्थन नगरेका र सरकारमा सहभागी नभएका अन्य दलहरूले समेत प्रचण्डलाई विश्वासको मत दिन आश्वासन दिएका छन् ।

यसैविच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिनु भएको छ ।

प्रचण्डले हिजो मात्रै देउवा लाई निवास धुम्बाराहीमा भेटेर विश्वासको मत दिन आग्रह गर्नु भएको थियो । कांग्रेसले मत दिने वा नदिने भन्ने विषयमा औपचारिक निर्णय गर्न अहिले केहि समयमा संसदिय दलको बैठक बस्दै छ ।

यसअघिको सरकारमा रहेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने अहिलेसम्म विश्वासको मत दिने वा नदिने निर्णय गरिसकेको छैन । विश्वासको मतका लागि सबै तयारी पूरा भइसकेको छ । प्रतिनिधि सभाको बैठक हिजोदेखि सुरु भएको छ । ज्येष्ठ सदस्यको हैसियतले राप्रपाका पशुपतिशम्शेर जबराले बैठक सञ्चालन गरि रहनु भएको छ ।