देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीले माग्यो कांग्रेससँग विश्वासको मत

देशान्तर

नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा कांग्रेससँग विश्वासको मत मागेको छ । माओवादीका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य दोस्रो तहका नेताहरूलाई छुट्टाछुट्टै भेटेर विश्वासको मत दिन आग्रह गरेका हुन् । भेटका क्रममा माओवादीका नेताहरूले सरकारलाई पुस २६ गते बस्ने संसद बैठकमा विश्वासको मत दिन र राष्ट्रिय सहमतिको सरकार बनाउनेतर्फ अग्रसर हुन आग्रह गरेका छन ।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले देउवालाई भेट्न देउवा निवास धुम्बाराही पुग्नु भएको छ । भेटमा शर्माले प्रचण्डलाई विश्वासको मत दिन आग्रह गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि अग्रसर हुन आग्रह गर्नु भएको हो ।

उता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि देउवालाई धुम्बाराहीमा पुगेर भेटनु भएको छ । यादवले पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेको कांग्रेसका नेताहरूले वताएका छन । सो क्रममा यादवले पनि आफ्नो पार्टीले प्रचण्डलाई विश्वासको मत दिने र सबै मिलेर अघि बढ्दा राम्रो हुने धारणा राखेको बताउनु भएको छ ।

त्यस्तै देउवाले आज आफू निकट शीर्ष नेताहरुसँग पछिल्लो राजनैतिक घटनाक्रमका बिषयमा छलफल गर्नुुुहुने भएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदबाट विश्वासको मत लिने कार्यक्रम तय भएको समयमा राजनैतिक भेटघाट बढ्नुलाई अर्थुपुर्ण रुपमा हेरिएको छ ।