देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्षका रुपमा मनाइने

देशान्तर

संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई कोदो वर्षका रुपमा मनाउने निर्णय गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पूरक प्रस्तावमा संयुक्त राष्ट्र संघले सन् २०२३ लाई कोदो वर्षका रुपमा मनाउने निर्णय गरेको हो । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यसको सुरुवात गरिएको छ ।

संयुक्त राष्ट्र संघको महासभाले मार्च २०२१ मा आफ्नो ७५ औं अधिवेशनमा सन् २०२३ लाई कोदो अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको हो । कोदोको दिगो उत्पादनलाई प्रवर्द्धन गर्न र दिगो बजार सिर्जना गर्ने सम्भावनलाई प्रकाश पार्दै उत्पादक, उपभोक्ताका लागि समेत यो वर्ष अवसरमा रुपमा रहने कृषि विभागका महानिर्देशक डा.रेवतीरमण पौडेलले बताउनु भयो ।

सन् २०२३ लाई पोषण र स्वास्थ्यमा चेतना जगाउने र प्रत्यक्ष नीतिगत ध्यान दिने अवसरको रुपमा लिने बताउँदै उनले खाद्य सुरक्षा र स्वास्थ्यको दृष्टिले पनि यो वर्ष महत्वपूर्ण हुने बताउनु भयो ।

सन् २०२३ ले दिगो विकासका लागि संयुक्त राष्ट्र संघको एजेण्डा विशेष गरी शून्य भोकमरी (एडीजी २) मा योगदान पु¥याउने लक्ष्य राखिएको संयुक्त राष्ट्र संघले जनाएको छ ।खानाका लागि खेतीपातीका अभियन्ता डा.कृष्ण पौडेलले कोदो नेपालका प्रमुख पाँच बालीमध्ये एक रहेको बताउँदै खाद्य सुरक्षाका लागि कोदो बाली निकै महत्वपूर्ण रहेको बताउनु भयो ।।