देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोलखामा माओवादी केन्द्रका कार्की निर्वाचित

देशान्तर

काठमाडौं – कडा प्रतिस्पर्धाबीच दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन् । कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गरेका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । उनले २३ हजार तीन सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरेका थिए। प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन्।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए। कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे।