देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवाले आज पनि चुनावीसभालाई सम्बोधन गर्दै

देशान्तर

काठमाडौँ – गत चार दिनदेखि आफ्नो गृहजिल्ला एवं चुनाव क्षेत्रमा व्यस्त रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज थप दुई चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका देउवा गत बिहीबारदेखि गृहजिल्ला डडेल्धुरामा हुनुहुन्छ । उनले बिहीबार अमरगढी, शुक्रबार दुई वटा पालिका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चुनावीसभा र शनिबार अजयमेरु गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिकामा आयोजित सभालई सम्बोधन गरिसकेका छन् ।

प्रधानमन्त्री देउवाले आज आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे पर्शुराम नगरपालिकाको जोगबुडामा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले जानकारी दिए ।

सात वटा पालिकाका चुनावीसभा सकेर उन आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको डडेल्धुरा सभापति साउँदले जानकारी दिए । प्रधानमन्त्री देउवा सातै प्रदेशमा हुने आमसभाका लागि पुग्ने कार्यक्रम रहेको पनि उनका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।