देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रसंग : चुनावको मौसम


यस पटक गुरुले भेटिनासाथ भने हेर, यो मौसम, पोषण र ऊर्जाको हो । तिमी पनि यसको सदुपयोग गर । मैले भनें, त्यस्तो विशेषता के छ र गुरु यो ऋतुमा ? जुन मौसम भए पनि प्राकृतिक मौसम त हो नि ? गुरुले भने, मौसम त हो कि, प्रकृतिले दिएको तर यो थप मौसमलाई चुनावको मौसम भन्दछन् । मैले सोधें यसका केही विशेषताहरू पनि छन् कि ? गुरु भने बाबु यसका अनगिन्ती विशेषता छन् । गुरु भन्न थाले यो थप मौसम प्रकृतिले दिएको होइन, मनुष्य निर्मित हो । चार–चार वर्षमा ‘लिप–इयर’ आएजस्तै, यो पाँच–पाँच वर्षमा आउँछ । तर भन्न सकिन्न त्यसो त कहिलेकाहीँ अनुकूल भएन भने संसद् भंग हुन्छ र पाँच वर्ष कति वर्षमा परिणत हुन्छ अज्ञेय छ । केही नेता यसलाई ‘परमादेश’ भनिरहेका छन् । अन्य यो संविधानको रक्षाका लागि भन्छन् । आरोपको थालनी बिन्दु यसैलाई मान्न सकिन्छ । जनता विलखबन्द छ । कसलाई चुन्ने ? चुन्न त देश र जनताको सेवा गर्नेलाई हो । तर मलाई बताउ अहिले कुनचाहिँ पार्टी देश वा जनताको सेवा गर्दिन भनेर आउँछ ? सबैले देश र जनताको सेवा गर्ने भएपछि जनताले के गर्ने ? चुनावी मौसमको एक विशेषता यो हो ।

आजकल हेर माइकमा बोल्ने प्रत्येक प्रत्यासी कति देशभक्त कति दयालु र जनताप्रति कति इमान्दार देखिन्छ । हामीले असल नेता हेर्नु प¥यो भने, चुनाव पर्खिनु पर्दछ । अहिले तिमी कुनै माध्यम नेता, खोजेर पनि पाउँदैनौं । सबका घरद्वार पवित्रताले बनेका छन् । सबका सम्पत्ति पुख्र्याैली अथवा परिश्रमको फल हो । घुसको त नाउँ न लेउ प्रत्येकले घुस खान छाडेको छ । चुनावभरि कार्यकर्तालाई कडा निर्देशन छ । कुनै अज्ञात व्यक्तिले नोट दिएको छ भने पनि मुचुल्का गराई टाँसटाँसी भित्तामा टाँकेर हिँड्नु जसको हो लिएर जाओस्, जाबो कागजको टुक्रो त हो नि ? एउटा मानिसले सोध्यो, सर करोडकै चाङ भए के गर्नु ? नेताले मुसुक्क हाँसेर भने करोड भए, न्यायअनुकूल गर्ने कानुनबमोजिम गर्ने मैले भनें गुरु यो त देशमा सधैं सदाबहार फिँजिने कुरा हो, नेताले भने त्यही त म चाहन्छु । मैले भनें गुरु नेताको यस्तो सदाचारी वचन मैले सुन्न पाएको थिइनँ । धन्य हुन् नेताहरू गुरुले भने, यसैलाई चुनावको मौसम भन्दछन् । चुनावपछि सदाचारी वचन सुन्न फेरि अर्काे पाँच वर्ष पर्खनु पर्ने हुन्छ ?

गुरुले एक गिलास पानी खाए र भने बाबु तिमी अहिले कच्चा छौं, त्यसैले यस्ता कुरा गर्छाैं अलिक जान्ने भएपछि कानुन जान्ने पनि हुन्छौं कानुन मिलाउने र मान्ने पनि हुन्छौं धैर्य धारण गर । हाम्रा कतिपय नेता पनि त पहिले यति जान्ने थिएनन् । अहिले हेर कति जान्ने भएका छन् ।कसरी गुरु ? गुरुले भने, देख्दैनौं सबलाई थाहा छ, उनको पार्टीले जितेन भने देशमा दुर्भाग्य निम्तिन्छ । सबैजना सुशासनको गुणगान पवित्र कुशासनमा बसेर दिनरात गर्दैछन् । गठबन्धन के हो चर्चा छ गठबन्धन के होइन त्यो पनि चर्चा छ । एमाले जितेन भने के हुन्छ माओवादीले जितेन भने के हुन्छ, यो पनि चर्चा छ । कांग्रेस, जसपा, लोसपा, सारा दलले जित्नु पर्दछ । सबै लायक छन् । जनता भावुक हुन्छ । पाए र सबै तिनलाई पनि भोट दिन्थ्यो, जसले आफ्नो उम्मेदवार दिएको छैन । भन्न त भनिन्छ । इमान्दारलाई भोट हाल्ने ? इमान्दार चिन्न कठिन मात्र होइन, असम्भव नै देखिन्छ । को इमान्दार छैन यो कसरी थाहा पाउने ? कुनै ‘लाइन’ मेसिन बनेको छैन, इमान्दारी टेस्ट गर्ने । त्यसकारण, सबै इमान्दार यस्तो होभने, देश त कति उँभो लाग्ला चुनावपछि ?

चुनावको मौसममा कैयौं शब्द यस्ता पनि आउँछन् जुन पहिले थिएन हामीकहाँ । खैर ! सुनेका छौं, होइन ? यो कहाँ थियो पहिले ? गुरुले भने हामी त युज गर्दथ्यौं, तर काठमाडौंमा थिएन । अब त हेर माहोलै माहोल छ । हुन त यो नराम्रो होइन त्यति । तर डर के छ भने यस्ता ‘लोन’ शब्द भरमार लिन थाल्यो भोलिका लागि भने कस्तो होला ? गुरुले भने एउटा अर्काे शब्द त खोई, मलाई किन खट्किन्छ । शब्द ‘दावी’दावी शब्द फारसी–उर्दूतिर ‘दावा’ भन्ने शब्दबाट आएको हो । ‘दावा’ सामान्यतया जोर दिएर भन्नुलाई भन्दछन् । हाम्रोमा पनि ‘हक–दावी’ भन्दा मलाई हकलाई बलियोसित भन्नु हो । तर अब हामीले ‘उहाँले दावी गर्नुभयो’ भन्दा सामान्य रूपमा भन्नु भयो, बोल्नुभयो भन्ने अर्थमा गर्दछौं । ‘दावी’ हुनुपर्ने, जोरसाथ प्रमाणिक मानेर भन्नु, हामीले हलुको थपिदिएजस्तै भन्नु भयो अर्थमा लिएका छौं अंग्रेजीमा ‘हि क्लिम्ड’भनेजस्तै हो । हामी ‘एलेज्ड’ अर्थमा प्रयोग गर्दछौं । त यो ‘दावी’बाट विस्तारो ‘दावी–विरोध’बाट विरोध र जोड दिने स्वर हट्दैछ । एकतामा हामीकहाँ हर नेता प्रायः रोडम्यापतर्फ लागेको देखिन्थ्यो । जहाँ पनि सुन्न पाइन्थ्यो । मार्गचित्र अहिले त्यो केही मत्थर भएको छ ।

मार्गचित्रको सिजन बितेछ । अब एक शब्द बडो गतिशीलतासाथ अघि बढिरहेको छ । हर नेता आज ‘मोडालिटी’को कुरा गरिरहेको सुन्न पाइन्छ । यो पनि राम्रो हो कि हाम्रा नेताहरू यस शब्दका कारण बहकिएका छैनन् र आफू स्वयं पनि अनुशासनको एउटा ‘मोडालिटी’ बनाएर त्यसअनुसार काम गर्नेछन् । शब्दलाईब्रह्म भन्छन् । नेताहरूको ब्रह्म जागोस् यही कामना छ । उनीहरू हिटकारी ‘मोडालिटी’मा बसेर देशलाई राम्रो मोडेलमा ढालुन् । नत्र, शब्द थुपारेर के हुन्छ ? भाव भए पो हुन्छ ? यो पुरानो कविता त तिमीलाई पनि याद होला ? शब्द नयाँ नयाँ ल्यायो, जानकार देखाउनलाई तर भावको ज्ञान छैन भने ? केटाकेटीले सिक्दा पहिले ध्वनि नै सिक्छ, उसले त पछि विस्तारै भाव हाल्दैजान्छ । हामीकहाँ शब्द नयाँ नयाँ ल्याइँदैछ । अब भाव पनि सिक्लान् भन्ने आशा गरौं, शुभकामना दिऊ यो चुनावी माहोलमा होइन ?