देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचनपछि बन्ने सरकारले अर्थतन्त्र सुधार गर्न नसके ठूलो दुर्घटना हुन सक्छ: गगन थापा

देशान्तर

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनपछि नयाँ सरकार बन्नासाथ डामाडोल अर्थतन्त्र सुधार गर्न नसके ठूलो दुर्घटना हुने बताएका छन्।

शनिबार काठमाडौंमा काठमाडौं क्षेत्र नम्बर ४ द्वारा आयोजित सोलुका मतदातासँगको अन्र्तक्रियामा थापाले अर्थतन्त्र कुनै पनि बेला ‘कोल्याप्स’ हुनसक्ने चिन्ता रहेको बताए।

उनले उद्योगपतिहरू सडकमा निस्कनुपर्ने अवस्था आएको भन्दै यसले जनतामा ठूलो नैराश्यता देखिएको र यो आक्रोशमा परिणत भए त्यसले ठूलो विद्रोह हुने चेतावनी दिए।

उनले निर्वाचन जितेर आउनेभन्दा काम गर्न सक्छौ कि सक्दैनौ भन्ने ठूलो चिन्ताको विषय भएको समेत बताए।उनले कांग्रेस सबै आन्दोलनको नेतृत्व गर्ने अनि सम्हाल्न नसक्ने भइरहेको भन्दै यसपटक यो कुरा परिर्वतन गर्नसक्नुपर्ने बताए।

थापाले आफू अब सरकारको गाडी चलाउने ठाउँमा पुग्ने आँट पनि गर्ने भन्दै भावी प्रधानमन्त्रीको रुपमा पनि दावी प्रस्तुत गरे।