देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीप्रति देउवाकाे कटाक्ष: भाषण गर्दैमा अतिक्रमित भूमि फिर्ता हुन्छ?

देशान्तर

डडेल्धुरा – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष ओलीमाथि कटाक्ष गर्दै दार्चुलामा गएर भाषण गर्दैमा अतिक्रमित भूमि फिर्ता हुने बताएका छन् ।

आज डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावी सभालाई सम्बोधन प्रधानमन्त्री देउवाले दार्चुला पुगेर भाषण गरेर लिम्पियाधुरा नआउने भन्दै ओलीमाथि कटाक्ष गरे ।

‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो, होइन भने कूटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो प्रधानमन्त्री देउवाको भनाई थियो ।

भाषण त काठमाडौं बसेर पनि भारत नै हाम्रो भनिदिन सक्ने भन्दै व्यङग्य गरे ।’ देउवाले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दावी गरे। आफू पाँचौं पटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बताए।