देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्विटरका नयाँ मालिक एलन मस्कद्वारा ४ हजार कर्मचारी निष्कासित

देशान्तर

काठमाडौं – सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले कम्पनीका झण्डै आधा कर्मचारीलाई जागिरबाट निकालेका छन् । अघिल्लो हप्ता ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गरेका मस्कले सीईओ र सञ्चालक समिति भंग गरेर सबै अधिकार आफ्नो हातमा लिएका हुन् ।

शुक्रबार  मात्रै उनले कम्पनीमा कार्यरत झण्डै ४ हजार कर्मचारीलाई जागिरबाट निकालेको बीबीसीले जनाएको छ । मस्कको निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।

तर ट्विटरले दैनिक ४ करोड डलर घाटा ब्यहाेरिरहेकोले कर्मचारी कटौति गर्नु आफ्नो बाध्यता रहेको उनले दाबी गरे । जागिरबाट निकालिएका सबै कर्मचारीलाई तीन महिनाको अतिरिक्त तलब दिइएको पनि उनले बताए।

कर्मचारी निकाल्ने निर्णयको श्रम अधिकारवादीहरूले चर्को विरोध गर्दै मस्कलाई क्रुर धनाढ्यको आरोप लगाएका छन् । जागिरबाट हटाइएका कर्मचारीले ट्विटरमा गुनासो र आक्रोस पोख्दा उनीहरूलाई अपरिचित व्यक्तिबाट धम्की आइरहेको र त्यो काम मस्ककै योजनामा भएको हुन सक्ने खबरमा उल्लेख छ ।