देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री देउवाले आज दुई चुनावी सभालाई सम्बोधन गर्दै

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
देउवा चुनावी प्रचारप्रसारका क्रममा बुधवार काठमाण्डौबाट धनगढी हुँदै बिहीवार त्यहाँ पुगेका हो ।

देउवाले बिहीवार अस्ति अमरगढी र हिजो शुक्रवार गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गगेका थिए। नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदका अनुुसार देउवाले आज बिहान ११ बजेअजयमेरू गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावी सभामा सहभागी भएका थिए । यस्तै दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्नेछन् ।

देउवाले भोलि बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुडामा हुने चुनावी सभालाई सम्बोधन गर्ने साउदले जानकारी दिए । देउवा भोलि नै काठमाण्डौ फर्कने र सात वटै प्रदेशमा हुने चुनावी सभामा पुग्ने कार्यक्रम रहेको छ ।

डडेल्धुरामा प्रतिनिधि सभा सदस्यका लागि देउवा, कांग्रेस वीपीका कर्णबहादुर मल्लका साथै स्वतन्त्र उम्मेदवारहरु सागर ढकाल, विक्रम शाही, लाल कठायत र कर्णसिंह रावलको उम्मेदवारी रहेको छ ।