देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जाजरकोटको सबै पालिकामा नमूना मतदान

देशान्तर

काठमाडौं – जाजरकोटको सबै पालिकामा नमूना मतदान भएको छ । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका सातै पालिकामा नमूना मतदान गरिएकोे हो ।

भोट बदर हुने सङ्ख्या कम गर्नका लागि नमूना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन कठायतले जानकारी दिए। पालिकामा रहेका कर्मचारीको सहयोगमा सर्वसाधारणलाई सहित सहभागी बनाएर दल्ली, लिम्सा, खलङ्गा, शिवालय, मनघाट, भाम्र र जुनिचाँदेमा उक्त मतदान गरिएको उनको भनाइ थियो ।

त्यस्तै निर्वाचन शान्ति सुरक्षा र भएरहित तरिकाले सम्पन्न गर्नका लागि यही कात्तिक २० देखि मङ्सिर ४ गतेसम्म जिल्लाभर मेला, जात्रा, महोत्सव, खेलकुद प्रतियोगिताजस्ता कार्याक्रम स्थगित गरिएको छ। जिल्ला प्रशासनको आदेशमा सबै गतिविधि स्थागित गराइएको हो। मङ्सिर ४ गतेको चुनावलाई लक्ष्य गर्दै सबैखालका जनसहभागिता हुने कार्यक्रम बन्द गराइएको प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानले बताए।

त्यस्तै सुरक्षा व्यवस्थापनलाई मजबुद बनाउनका लागि पश्चिम जाजरकोटको वडावनमा सशस्त्र प्रहरीको क्याम्प स्थापना गरिएको छ । उक्त क्याम्पबाट पश्चिम क्षेत्रको सुरक्षा व्यवस्था मजबुद हुने अपेक्षा गरिएकोे छ । अहिले रहेका सबै सुरक्षाका कार्यालय क्षेत्र नम्बर १ मै छन् ।