देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डडेल्धुरामा प्रधानमन्त्रीलाई स्वागत गर्न सागर ढकाल माला लिएर लाइनमा

देशान्तर

काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुगेका छन् ।

देउवा निजी खर्चमा हेलिकप्टरमार्फत डडेल्धुरा पुगेका हो । देउवा डडेल्धुरामा आमसभा र चुनावी घरदैलो कार्यक्रममा सहभागी हुने छन् । देउवा डडेल्धुरा जाँदा रोचक दृश्य देखिएको छ । देउवाको खरो आलोचना गर्ने र उनकै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल पनि देउवालाई स्वागत गर्न मालासहित लाइनमा बसेका छन् ।

अब नयाँ पुस्ता नेतृत्वमा पुग्ने भन्दै ढकालले प्रधानमन्त्री देउवाकै क्षेत्रबाट उम्मेदवारी दिएका छन् । प्रतिस्पर्धीलाई स्वागत गर्न लाइनमा बसेर आफूले राजनीतिक संस्कारको उदाहरण देखाउन खोजेको ढकालले बताएको छ ।