देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

 नेपालमा राजनीति दलप्रति वितृष्णा उठिरहेको छ : राजेन्द्र बजगाई

देशान्तर

काठमाडौँ – गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईले नेपालमा राजनीति दलप्रति वितृष्णा उठिरहेको बताएका छन् ।

उनले नेताहरूले देशको समृद्धि र विकासमा जोड दिन आवश्यक रहेको बताएका हो । आज बिहिबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हो । नेता बजगाईले दलका प्रतिनिधित्वहरूले काम गर्न सकेनन् भन्ने जनआवाज उठिरहेको र अबको गठबन्धन सरकारले नै जनआवाजलाई चिर्ने काम गर्ने बताए ।

नेता बजगाईंले पार्टीका कार्यकर्तालाई एकले अर्को पार्टीको चुनाव चिन्हमा कसरी मतदान गर्ने भन्ने संशय पैदा भइरहेकाले ठूला नेताहररूले नै एकअर्कालाई स्वीकारेपछि ढुक्क भएर मतदान गर्न आग्रह गरे । उनले यो गठबन्धन आगामी दिनमा पनि लामो समयसम्म टिक्ने दावी गर्दै गठबन्धनका उम्मेदवारहरुलाई धेरै भन्दा धेरै मत दिएर जिताउन आग्रह गरे ।

उनले नेपालमा गठबन्धनका नेताहरूबाट नै विकासका कार्यक्रमहरूले गति लिने दावी गरे । उनले गोरखाको विकासका लागि आफू सदैव प्रतिवद्ध रहेको बताए ।

नेता बजगाईले गठबन्धनले नै संविधान र जनताको हकहितको सुरक्षा गर्ने बताए ।