देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचनलाई सामान्य रुपमा नलिन प्रचण्डको आग्रह

देशान्तर

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् ।

बिहिबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक निर्वाचन प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हो । उनले आगामी निर्वाच प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको पनि बताए । उनले नताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा सुरु भएको अनुभुति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने बताए । उनले नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको बताए ।

उनले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रुपमा लिएको बताए । उनले गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको बचाइरहने, राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका उजागर पार्नुपर्ने चुनौती रहेको बताए । गोरखाली जनताले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए ।

अध्यक्ष प्रचण्डले गोरखाको विकासको लागि सबै राजनीतिक दलहरु एकत्रित भएर काम गर्न आवश्यक रहेको बताए । उनले गठबन्धनले गोरखामा जितेको चुनाव परिणाम असाधारण तरिकाले जित्यो भन्ने कुरा सावित गर्न सक्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले आगामी चुनावमा अभूतपूर्व रुपमा परिणाम निकाल्ने गरी चुनावमा लाग्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

उउले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नुपर्ने बताए ।