देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा‍‌.तोसिमा कार्कीकाे उम्मेदवारी कायम राख्ने आदेशविरुद्ध आयोग पनि सर्वोच्च जाने

अन्तरिम आदेश दुई कारणले खारेज हुनुपर्ने तर्क

देशान्तर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग पनि सर्वोच्च अदालत जाने भएको छ । अन्तरिम आदेश खारेजीको माग गर्दै आयोग सर्वोच्च जाने तयारी गरेको हो । सर्वाेच्च जानुअघि आयोगले अन्तरिम आदेश अध्ययन थालेको छ ।

हिजो सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी कायम रहेको छ ।

लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।बुधबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि त्यस्तै संकेत गर्नुभयो ।

आयोगले तोसिमाको हकमा दिएको अन्तरिम आदेश दुई कारणले खारेज हुनुपर्ने तर्क गरेको छ । लाभको पदसम्बन्धी नै विवादमा सर्वोच्चले बुधबार रुपन्देही–२ का उम्मेदवार डा. कमल भुसालको हकमा निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो ।