देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारी खर्चमा डडेलधुरा जान प्रधानमन्त्री देउवालाई आयोगको रोक

देशान्तर

काठमाडौँ – निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी खर्चमा डडेलधुरा जान रोकेको छ ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा सरकारी खर्चमा चुनाव प्रचारप्रसारका लागि डडेलधुरा जान लागेको भन्दै आयोगले सरकारी खर्चमा जान रोकेको हो । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले देउवाको डडेलधुरा यात्रा अनुमतिका लागि निर्वाचन आयोगमा पत्र पठाएको थियो ।

आयोगले पत्रको सम्बोधन गरी सरकारी खर्चमा प्रचारप्रसारमा जान नपाइने आचारसंहिता स्मरण गराएको हो । सरकारी स्रोतसाधन प्रयोग गरी प्रधानमन्त्री देउवा डडेलधुरा जान खोजेकोमा रोक लगाएको निर्वाचन आयोग स्रोतले जनाएको छ । डडेलधुरा देउवाको निर्वाचन क्षेत्र हो ।

भोलिदेखि हुने चुनावी कार्यक्रममा सहभागी हुन उहाँ आज डडेलधुरा जाने तयारी थियो ।