देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विप्लव समूहले गरे चुनाव विथोल्ने घोषणा

देशान्तर

काठमाडौं – विप्लव नेतृत्वको नेकपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने घोषणा गरेको छ । काठमाडौंमा आज मंगलबार गरेको पत्रकार सम्मेलनमा नेकपाले चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने घोषणा गरेको हो ।

चुनाव खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापी रुपमा भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ ।

नवौं महाधिवेशनको निर्णय सार्वजनिकसहितका पार्टीका नीतिका बारेमा जानकारी दिन विप्लव समूहले पत्रकार सम्मेलन गरेका हुन् ।