देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घनश्याम भुसालको दाबी – ओलीले संविधान च्यात्न खोजे, प्रतिवाद गर्दा पार्टी छोड्न बाध्य भए

देशान्तर

काठमाडाैं – प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान च्यात्न खोजको र त्यसको प्रतिवाद गर्दा आफू पार्टी छोड्न बाध्य भएको दावी गरेका छन्। रुपन्देही-३ मा जारी घरदैलाे अभियानका क्रममा उनले मंगलबार यस्ताे बताएका हुन् ।

उनीसँगै प्रदेशसभा सदस्य पदका उम्मेदवारद्धय अब्दुल रज्जाक र विश्वनाथ यादवले पनि रोहिणी, ओमसतिया गाउँपालिका तथा तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियानलाई निरन्तरता दिइरहेका हुन् ।

उम्मेदवारहरूले रोहिणीका वडा नम्बर ४, ५ र ६ ओमसतियाको ६, तिलोत्तमाको ८ र १२ तथा देवदह नगरपालिका-१० मा सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।

प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार नेता भुसालले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा भौतिक निर्माणका काममा तिव्रता दिने बताए । उनले सुकुम्मबासी समस्याको समाधान गरिने पनि बताए । सुकम्बासी समाधानबारे गहन अध्ययन थालिसकेकाे उनकाे भनाइ छ ।

एमाले परित्याग गरेर गठबन्धनको समर्थनमा त्रिभुज चुनाव चिन्ह लिएर उम्मेदवार बनेका नेता भुसालले संविधान रक्षाकै लागि गठबन्धनको समर्थनमा उम्मेदवार बनेको बताए ।