देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दार्चुलामा बालक मृत्यु प्रकरण : भारतीय निर्माण कम्पनीले दियो १६ लाख

देशान्तर

काठमाडाैं – दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति वापतको रकम दिएको छ ।

शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रतिनिधि समेतको उपस्थितिमा भएको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ति वापत नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको प्रहरीले जनाएको छ ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले पीडित पक्षसँग भएको सहमतीअनुसार गर्ग एन्ड गर्ग कम्पनीले १६ लाख (१० लाख भारु) उपलब्ध गराएको जानकारी दिए ।

डीएसपी पाण्डेका अनुसार उक्त कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर बालकको मृत्यु भएको थियो भने उनकी दिदी १४ वर्षीय सरिना महरा घाइते छन् ।

अगामी दिनमा जिलेटिन विस्फोट गराउँदा दुवै पक्षले पूर्व जानकारी दिनुपर्ने सहमती पनि भएको छ । यो घटनामा भारतीय कम्पनीले क्षतिपूर्ति दिएपछि मृतकका आफन्त बालकको शव बुझ्न तयार भएका छन् । परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको शव प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।