देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजिप्टमा सडक दुर्घटनामा ११ जनाको मृत्यु

देशान्तर

इजिप्ट – इजिप्टको राजधानी कायरोको उत्तरमा पर्ने डाकाहलिया प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परि कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परि अन्य नौ जना घाइते भएका छन् ।

राजमार्गको पुलतर्फ चालकसहित १४ जना बोकेको एउटा मिनीबस जाँदै गर्दा पुलमुनि विपरीत सडकबाट निकै तीव्र गतिमा आउँदै गरेको लरीले ठक्कर दिएको डकाहलिया प्रान्तको फेसबुकमा राखिएको एउटा विज्ञप्तिमा जनाइएको छ ।

मृत्यु हुनेहरु सबै एकै परिवारका रहेका छन् । छ बालबालिकासहित एकै परिवारका एघार मृत्यु भएको जनाइएको छ यस घटनामा घाइते भएका सबैलाई दुर्घटना स्थलनजिकैको सार्वजनिक अस्पतालमा भर्ना गरिएको समाचारमा जनाएको छ ।